मंगलबार २० देखि २९ वर्षका ११२६ जनामा कोरोना संक्रमण


काठमाडौँ, १४ बैशाख । बितेको चौबिस घण्टामा कोरोना संक्रमण पुष्टी भएका कुल संक्रमितमध्ये २० देखि २९ वर्षका थप १ हजार १२६ जनाा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो तीन दिन यता सबैभन्दा धेरै २० देखि २९ वर्षका बढी संक्रमित भएका छन् । हिजो पनि ८६३ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार कुल ४ हजार ५ सय २४ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्ति १ हजार १२६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी ० देखि ९ वर्षका १०२ जना, १० देखि १९ वर्षका २८२, ३० देखि ३९ वर्षका १ हजार ११५, ४० देखि ४९ वर्षका ७९, ५० देखि ५९ ५२५ जना गरी थप सो भन्दा माथि उमेरका रहेका छन् ।

त्यसैगरी आज थप १८ जना संक्रमितको मृत्यु भएको छ भने ५ सय ५५ जना निको भई डिस्चार्ज भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *