उर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण, छाउनी अस्पतालमा भर्ना

काठमाडौँं, १४ बैशाख । उर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमणमा परेका छन् । संक्रमणपछि उनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको निजी सचिवालयले जनाएको छ ।

केही दिन अघि गृहजिल्ला अर्खाखाँची गएर फर्किएका मन्त्री रायमाझी कोरोनाको लक्षण देखिएपछि निवासमै आइसोलेट भएर बसेका थिए । उनको हिजो विहान पीसीचारका लागि नमूना झिकेर लगेको र बेलुका आएको रिपोर्टमा कोभिड १९ पोजेटिभ भएको सचिवालय सदस्य दुर्गा खनालले बताए ।

‘मन्त्री ज्यू ९ गते अर्घाखाँची जानु भएको थियो । त्यताबाट अस्ती फर्किदाखेरी नै जीउ दुख्ने, ज्वरो आउने जस्ता लक्ष्ाँण देखिएपछि हिजो विहान पीसीआरका लागि नमूना दियौँ । बेलुका रिपोर्ट पोजेटिभ आयो । त्यसपछि आजै छाउनी अस्पतालमा भर्ना हुनु भएको हो,’ खनालले भने ।

पछिल्लो समय देशभर कोरोनाको दोस्रो लहर फैलिदा संक्रमणदरले उचाई लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *