चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन

चितवन, १४ बैशाख । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २ सय तथा अन्य पालिकालाई २०र२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।

गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितलाई होम आइसोलेसन अथवा स्थानीय पालिकाले सञ्चालन गर्ने आइसोलेसनमा राख्ने गरी तयारी गर्नसमेत डिसीसीएमसीले निर्देशन दिएको छ। स्वास्थ्य अवस्था जटिल भएका संक्रमितलाई भने अस्पताल आउन डिसीसीएमसीले आग्रह गरेको छ।

यस्तै, डिसीसीएमसीले चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस ९पुरानो मेडिकल कलेज०लगायतका निजी अस्पतालमा थप आइसोलेसन, एचडीयू, आइसीयू र भेन्टिलेटर निर्माण गरी संक्रमितको सहज उपचार गराउन पनि आग्रह गरेको छ। यसमा सहजीकरण तथा समन्वयका लागि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको संयोजकत्वमा रहेको समितिलाई पुनः क्रियाशील बनाउन निर्देशन दिएको छ।

साथै, जिल्लाभित्र अक्सिजन उत्पादन गर्ने सबै कम्पनीलाई क्षमताअनुसार अधिकतम अक्सिजन उत्पादन गरी मौज्दात राख्न पनि आग्रह गरिएको छ। बैठकले भरतपुर अस्पतालमा थप भेन्टिलेटरको व्यवस्था गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।

यसैबीच, कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि डिसीसीएमसीले आग्रह गरेको छ। अत्यावश्यक कामले घरबाहिर निस्कन परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि डिसीसीएमसी आग्रह गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *