नेशलन बाथरोग सेन्टरको सेवा अब बुटवलबाट पनि

बुटवल, १० बैशाख ।  नेशनल बाथरोग सेन्टरको सेवा अब बुटवलबाट पनि उपलव्ध हुने भएको छ । सेन्टरले पुष्पलालचोकस्थित ग्लोरियस हेल्थकेयरसंग सहकार्य गर्दै आफ्नो सेवा त्यस क्षेत्रबाट उपलव्ध गराउने भएको हो ।

शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा लुम्विनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवं प्रदेश सांसद सुदर्शन बरालले शाखा उद्घाटन गरी ओपीडी सेवाको शुभारम्भ गरे ।

सेवा प्रारम्भ पछि बोल्दै नेशनल बाथरोग सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले पश्चिम नेपालका विरामीहरुका लागि स्थानीय तहमै सेवा उपलव्ध गराउन आफूहरुले बुटवलमा शाखा खोली सेवा प्रारम्भ गरेको बताए । ग्लोसियर हेल्थकेयरका प्रवन्ध निर्देशक होमबहादुर पल्लीले सुलभ र गुणस्तरीय रुपमा शाखा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै सेन्टरका बाथरोग विशेषज्ञ डा विनित वैद्यले बाथरोगको उपचारमा काठमाडौँ मात्रै नभई देशभर फैलाउने आफूहरुको योजना रहेको बताए । उनले बाथरोथ सम्वन्धी दक्ष जनशक्ति उत्पादन गरी शाखामार्फत देशभर विकेन्द्रीकरण गर्ने योजना रहेको सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *