आँखा नाक कान घाँटी र मुख अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं ९ बैशाख । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा अन्तरगर्तको आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्य शाखाले यस सम्वन्धी उपचार सेवा स्थानीय तहसम्म पु¥याउन योजना अघि सारेको छ ।

उसले महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीका लागि आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्वन्धी अभिमुखिकरण तालिम शुरु गरेको छ । त्यस्तै शाखाले तालिममा एकरुपता ल्याउन भन्दै तालिम पुस्तिका समेत तयार पारेको छ ।

बुधबार विभागमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले उक्त तालिम पुस्तिकाको लोर्कापण गरे । सोही अवसरमा अभिमुखिकरण तालिमको समेत उदघाटन गरेका थिए ।

उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदन कुमार उपाध्यायले सरकारीसेवामा एकिकृत हुन नसकेको यी बिशेषज्ञ सेवाहरु सर्वसाधारणको पहुचमा पुर्याउन यो कार्यक्रम र पुस्तिका कोशेढुगां बन्ने बिश्वास ब्यक्त गरे ।

आँखा नाक कान घाटी र मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकीले स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन मद्धत होस भन्नका लागि अभिमुखिकरण तालिम तथा पुस्तिका तयार गरिएको बताए ।

तालिममा बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका स्वास्थ्य तालिम केन्द्र,स्वास्थ्य निर्देशनालय,सामाजिक विकास मन्त्रालयका निर्देशक,प्रमुख तथा फोकल पर्सन,काठमाण्डौ,भक्तपुर,ललितपुर जिल्लाका स्वास्थ्य प्रमुख,काठमाण्डौ,ललितपुर र पोखरा महानगर,बुटवल उपमहानगर तथा भक्तपुर नगरपालिकाका स्वास्थ्य महा÷शाखा प्रमुख,स्वास्थ्य सेवा बिभाग र उपचारात्मक सेवा महाशाखाका स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।

त्यस्तै समापनमा सहभागीका तर्फबाट निर्देशक डा. बिनोद गीरी र ललितपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले कार्यक्रमले आफ्नो तहमा योजना बनाउन,कार्य गर्न र जनचेतना फैलाउन धेरै सहयोग भएको मन्तव्य राखेका थिए ।

उक्त अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण डा. नरेन्द्र खनाल,डा. प्रकाश बुढाथोकी,डा. पोमावती थापा तथा मुख स्वास्थ्य तर्फ डा. रन्जिता गोर्खाली र डा. ईस्फा बानु हक,नाक कान घा“टीतर्फ डा. योगेश न्यौपाने,डा नरमाया थापा र डा. सहारा अधिकारी र आ“खा तर्फ डा. सविना श्रेष्ठ र अपराजिता मनोरन्जनले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *