कोरोनाबिरुद्धको रुसी खोप ‘स्पुतनिक-भी’ले पनि पायो नेपालमा अनुमति

524
Shares

काठमाडौँ, ७ बैशाख । कोरोनाबिरुद्धको रुसी खोप स्पुतनिक भी ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

नेपालमा यसअघि भारतको सेरम इन्स्टिच्युट अफ इन्डियामा उत्पादित कोभिसिल्ड र भारत बायोन्टेकले उत्पादन गरेको कोभ्याक्सिन, चीनको सिनोफार्माले उत्पादन गरेको भेरोसेल खोपले आपतकालीन प्रयोगको लागि अनमुति पाइसकेका छन् । ती मध्ये कोभिसिल्ड र भेरोसेल नेपालीहरुलाई लगाई राखेका छन् ।

विभागका महानिर्देशक भरत भट्टराईले कम्पनीको तर्फबाट आवश्यक प्रक्रिया पुरा गरेपछि नेपालमा अनुमति दिइएको बताए ।
यो खोप पनि २ देखि ८ डिग्री तापक्रममा स्टोर गर्न सकिन्छ । पहिलो डोज लगाएको ३ साता पछि दोस्रो डोज लगाउन मिल्ने भनिएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *