कोरोनाबिरुद्धको रुसी खोप ‘स्पुतनिक-भी’ले पनि पायो नेपालमा अनुमति

काठमाडौँ, ७ बैशाख । कोरोनाबिरुद्धको रुसी खोप स्पुतनिक भी ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

नेपालमा यसअघि भारतको सेरम इन्स्टिच्युट अफ इन्डियामा उत्पादित कोभिसिल्ड र भारत बायोन्टेकले उत्पादन गरेको कोभ्याक्सिन, चीनको सिनोफार्माले उत्पादन गरेको भेरोसेल खोपले आपतकालीन प्रयोगको लागि अनमुति पाइसकेका छन् । ती मध्ये कोभिसिल्ड र भेरोसेल नेपालीहरुलाई लगाई राखेका छन् ।

विभागका महानिर्देशक भरत भट्टराईले कम्पनीको तर्फबाट आवश्यक प्रक्रिया पुरा गरेपछि नेपालमा अनुमति दिइएको बताए ।
यो खोप पनि २ देखि ८ डिग्री तापक्रममा स्टोर गर्न सकिन्छ । पहिलो डोज लगाएको ३ साता पछि दोस्रो डोज लगाउन मिल्ने भनिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *