कोरोना जोखिम क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द

काठमाडौँ, ६ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जोखिमयुक्त क्षेत्र भनेर छुट्याएका स्थानका शिक्षण संस्था अब बैशाख महिनाभर बन्द हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीले भने, कोरोना जोखिमलाई न्युनिकरण गर्न चालिएका विभिन्न कदमहरुमा बारेमा आजको बैठकले आदेश जारी गर्ने निर्णय गरेको छ । त्यसमा विद्यालय बन्द गर्ने देखि लिएर होटल रेष्टुरेन्टका विषय, धार्मिक स्थानहरु, सभा गोष्टी जुलुसहरु गर्न नपाइने बारेमा, उपचारका व्यवस्था आदि विषयमा आदेश भएको छ । र त्यस सम्वन्धी निर्णय गर्ने अधिकार तथा जिम्मेवारी आवश्यकता अनुसार स्थानीय प्रशासन, प्रदेश तथा स्थानीय सरकारलाई बाँडफाड पनि गरिएको छ । त्यो अब छिटै सार्वजनिक हुनेछ । उनले भने ।

बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *