चिनियाँ खोप भेरोसेल लगाउने आज अन्तिम दिन, हिजोसम्म कतिले लगाए ?

काठमाडौँ, ५ बैशाख । कोभिड -१९ बिरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाउने पहिलो चरणको कार्यक्रम आज सकिदै छ ।

सरकारले गत २५ चैत देखि यो खोप काठमाडौँ उपत्यकाका तीन सहित सात जिल्लाका तोकिएका उमेर र कार्यक्षेत्रसंग सम्वन्धित व्यक्तिलाई दिने गरि शुरु गरेको थियो । तर, ३१ चैत देखि त्यहि सात जिल्लाका २३ वटा खोप केन्द्रबाट ४० देखि ५९ बर्ष उमेर समूहका आम सर्वसाधारणलाई पनि खोप अभियानमा सहभागी हुन आव्हान गरेको थियो ।

पछिल्लो तीन दिन यता भने जिल्लाहरुले निजी अस्पतालहरुलाई समेतमा खोप केन्द्र थपेर १८ देखि ५९ वर्ष उमेर समूहका सबै सर्वसाधारणले चाहेको खण्डमा खोप लगाउन सक्ने निर्णय गरेको थियो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमका अनुसार शनिबारसम्म कुल ९२ हजार २२३ जनाले भेरोसेल खोप लगाएका छन् । यस्तै भेरोसेल र कोभिसिल्ड समेत गरी देशमा अहिलेसम्म कुल १९ लाख १२ हजार बढीले पहिलो डोज खोप लिएका छन् ।

स्वास्थ्य मन्त्रालयले गत ४ माघ देखि १० फागुनसम्मको पहिलो डोज कोभिसिल्ड खोप लिएकाहरुलाई आउदो ७ देखी ११ बैशाखसम्म दोस्रो डोज खोप दिदै छ । आज लगाएर बाँकी रहने भेरोसेल खोपको विषयमा ११ बैशाख पछि निर्णय हुने डा गौतमले बताए ।

चीन सरकारको अनुदान सहयोगमा ८ लाख डोज भेरोसेल गत १६ चैतमा काठमाडौँ आइपुगेको थियो । दुई डोज लगाउनुपर्ने यो खोपको परिमाणले ४ लाख जनतालाई लगाउन पुग्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *