सहरी क्षेत्रमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस

744
Shares


काठमाडौँ, ४ बैशाख । सहरी क्षेत्रमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिस गरेको छ।

सीसीएमसीको शनिवार (आज) बसेको बैठकमा मन्त्रिपरिषद्लाई उक्त सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपालमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणको दोस्रो लहर फैलिएसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो।

साथै सीसीएमसी०ले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसबारे अब बस्ने मन्त्रिपरिषद्पको बैठकले औचारिक निर्णय गर्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *