काठमाडौँ उपत्यकामा मात्रै थपिए ३४८ जना कोरोना संक्रमित

192
Shares


काठमाडौँ, ३ वैशाख । काठमाडौँ उपत्यकामा मात्रै शुक्रवार थप ३ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जना गरी ३४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ५३७ जनाको पीसीआर नमुना परीक्षणका क्रममा ८ सय ३६ जनाको र ६ सय २१ एन्टीजेन परीक्षणका क्रममा ६४ जना गरी थप ९ सय जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी सक्रिय संक्रमितको संख्या ५ हजार ८ पुगेको छ ।

पछिल्लो समय भारतमा संक्रमित बढ्दै जाँदा नेपालमा पनि संक्रमितको संख्या दिनहुँ बढ्दो छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *