भारतमा एकैदिन थपिए दुई लाख सत्र हजार भन्दा बढी कोरोना संक्रमित

104
Shares


काठमाडौँ, ३ वैशाख । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ९१ हजार ९१७ पुगेको छ ।

सन् २०२१ शुरु भएयता एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँ बिहीवार २ लाख १७ हजार ३५३ जना कोरोना संक्रमित भेटिएका छन् ।

त्यस्तै भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १हजार १ सय ८५ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३०८ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख नाघेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *