उपत्यकाका ३ जिल्ला सहित कोरोनाअति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल

1.2k
Shares


काठमाडौँ, २ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका ३ जिल्ला सहित कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गर्दै काठमाडौंँ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।
मन्त्रालयले यी १४ क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ ।

साथै बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम,  सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, सार्वजनिक पूजाआजा तथा जात्राहरु, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिंग पुल आदि स्थलहरुमा सहभागि नहुन पनि अपिल गरेको हो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *