कोरोना संक्रमणबाट पत्रकार मिश्रको मृत्यु


झापा, २ बैशाख । कोरोना संक्रमणका कारण अग्रज पत्रकार कमल मिश्रको मृत्यु भएको छ । ४८ वर्षीय मिश्रको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा  उपचारका क्रममा बुधवार राति मृत्यु भएकोे हो ।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार मिश्र केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए ।

भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वास्थ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनि विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *