वीरगञ्ज नर्सिङ कलेजका २४ जनामा कोरोना संक्रमण

पर्सा, १ बैशाख । त्रिभुवन विश्वविद्यालय अन्तरगर्तको नर्सिङ क्याम्पस वीरगञ्ज कोरोना संक्रमणमा परेको छ । पछिल्लो चार दिनमा त्यहाँ अध्ययनरत विद्यार्थी, कर्मचारी तथा शिक्षक गरी कुल २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

नारायणी अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा उदयनारायण सिंहले नर्सिङ कलेजमा आइतबार देखि बुधबारसम्म गरिएको परीक्षणमा २४ जनामा संक्रमण देखिएको बताए । उनले अधिकांश विद्यार्थी भएको समेत जानकारी दिए ।

दुई साता अघिसम्म शान्त बनेको बीरगञ्ज अहिले कोरोनाको हटस्पट बन्न थालेको डा सिंहले बताए । ‘परीक्षण गरिएकामध्ये करीब ४० प्रतिशत पोजेटिभ देखिन थालेको छ । अवस्था अब भयावह बन्दै गएको छ । अस्ती हिजो ६० जनाको परीक्षण गर्दा २८ जना पोजेटिभ, अस्ती ९५ जनाको परीक्षण गर्दा ४० जना पोजेटिभ देखिएको छ । त्यो भन्दा अघिल्ला दिनको तथ्यांक पनि बढ्दो क्रममा नै छ,’ उनले भने ।

डा सिंहले शुरुमा संक्रमण देखिएकाहरु भारतबाट आएकाहरु भएको भन्दै अहिले देखिन थालेकाहरुको यात्रा विवरण पत्ता नलागेको सुनाए । ‘अहिले फेरी पनि संक्रमण कम्युनिटीमा छिरि सकेको भान हुँदैछ,’ उनले भने ।

संक्रमणमा परेकाहरुमध्ये नारायणी अस्पतालमा आजसम्म ७ जना भर्ना भएका छन् । अरु भने घरमै आइसोलेसनमा बसेका छन् । अहिले पर्सामा संक्रीय संक्रमितको संख्या १४५ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *