कोरोना : रुपन्देहीमा एक सातामै सक्रिय संक्रमित ८९ प्रतिशतले बढ्यो

280
Shares

रुपन्देही, ३१ चैत ।  ‘रुपन्देहीमा एक साता अघिसम्म २७ जना सक्रिय संक्रमित थिए तर सोमबार सो संख्या बढेर १२६ पुगेको छ,’  स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले जिल्लामा कोरोना संक्रमणको बर्तमान अवस्थाको जानकारी दिए ।

उनले पछिल्लो समय संक्रमणमा युवा उमेर समूहका व्यक्तिहरु परेको बताए । अहिले १२६ जना मध्ये ५० प्रतिशत बढी ४० बर्ष मुनिका छन् । अस्पतालमा भर्ना गरिएका पनि सोही उमेर समूहका बढी छन् ।

सोमबार जिल्लामा १६ जना नयाँ संक्रमित फेला पर्दा ८ जना स्थानीय कालिका माविका शिक्षक भएको बताइएको छ ।
लुम्बिनी प्रदेशमा सोमबार ९६ जना नयाँ संक्रमित थपिदा कुल सक्रिय संक्रमितको संख्या ४५० पुगेको छ । त्यसमध्ये १२६ जना ( २८ प्रतिशत) रुपेन्देहीकै हुन् ।

नेपाल भारतको मुख्य प्रवेश विन्दु सुनौली नाका जोडिएको रुपन्देही पहिलो नम्बरमा पर्नुको पछाडी पछिल्लो समय भारतमा देखिएको बढ्दो संक्रमण भएको बताउँछन् डा गिरी । ‘गत वर्ष जस्तै उता संक्रमण बढेपछि रोजगारीका लागि गएका नेपाली दाजुभाई फर्किने क्रम बढेको छ । सो संगै जोखिम पनि बढेको छ । हामीले नाकामा जाँच गर्ने र मास्क वितरण गर्ने कार्यलाई त चलाएकै छौं तर प्रयाप्त अझै हुनसकेको छैन् ,’डा गिरीले भने ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *