नेपालमा कोरोना : आइसीयू र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढ्न थाल्यो

काठमडौँ, २९ चैत । कोरोना संक्रमण नियन्त्रणमा आउन लाग्यो भनिरहेका बेला पुन:  उचाई लिन थालेको छ । पछिल्लो एक साताकै रिर्पोट हेर्ने हो भने कोरोनाकै कारण गम्भीर बिरामी हुनेको संख्या विस्तारै बढेको देखिएको छ ।

भारतमा पछिल्ला दिनमा ढेढ लाख बढीमा संक्रमण हुने र झण्डै एक हजारको संख्यामा ज्यान जाने अवस्था आउँदा नेपालमा त्यसको असर छिटै देखिन सक्ने भन्दै विज्ञहरुले चिन्ताव्यक्त गरेका थिए ।

नभन्दै देशमा पछिल्ला दिनहरुमा संक्रमण संख्या विस्तारै उकालो लाग्दै छ । दैनिक संक्रमण मात्रै होइन अहिले संक्रिय संक्रमित, आइसीयूमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको संख्या पनि बढदो क्रममा देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबार (आज) देशभर थपिएका नयाँ संक्रमितको संख्या ३६७ पुगेको छ । हिजो ३६३ जना थपिएका थिए । अस्ति ३४० मात्रै थपिएका थिए ।

मन्त्रालयले आज देशमा कोरोनाको सक्रिय संक्रमितको संख्या २ हजार २ हजार ९६१ जना पुगेको जनाएको छ । तर चार दिन अघि अर्थात गत बुधबार सक्रिय संक्रमित २ हजार २०१ थियो ।

एक साता अघि अर्थात गत आइतबार भने नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ६७२ मात्र थियो ।

संक्रमित मात्रै थपिएका होइनन, अहिले गम्भीर प्रकृतिका बिरामी पनि बढ्दो क्रममा छ । एक साता अघि अर्थात गत आइतबार कोरोना संक्रमणको गम्भीर अवस्थामा पुगेका ४७ जना आइसीयूमा र ११ जना भेन्टिलेटरमा थिए । त्यसको तीन दिन पछि नै अर्थात गत बुधबार सो सख्या बढेर आइसीयूमा पुग्ने संक्रमितको संख्या ६५ र भेन्टिलेटरमा जानेको संख्या १३ पुगेको थियो । त्यस यताको चार दिन पछि आज आइसीयूमा जानेको संख्या ८९ जना र भेन्टिलेटरमा पुग्नेको संख्या १५ रहेको छ ।

चिकित्सकहरुले यसपटक नयाँ नयाँ भेरियन्ट आएको र युवा पुस्तालाई समेत गाह्रो पार्न थालेको बताएका छ् । टेकु अस्पतालका चिकित्सक डा अनुप बास्तोला अहिले देश एकदमै असहज अवस्थामा पुगेको भन्दै यति गरिने थोरै लापरवाहीले मुलुकको भविस्य गम्भीर अवस्थामा पुग्न सक्ने बताउँछन् ।

‘संकेत आइसकेको छ । संक्रमण दर र गम्भीर विरामी हुने दर विस्तारै बढ्दै छ । अब त सचेत बनौं । कम्तीमा मास्क लगाऔँ । भिडभाडमा नजाऔँ । हात बेलाबेलामा धोइराखौँ वा स्यानिटाइज गरिराखौँ,’डा. बास्तोलाले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले पनि महामारीको बेलामा स्वास्थ्यका विज्ञहरुले भनेको कुरालाई आधिकारिक मानि त्यहि अनुसार लाग्न सबै जनतालाई अपिल गरेका छन् । ‘यस्तै अवस्था रहेमा केही सातामै महामारीले उत्पात मच्चाउन पनि सक्छ । त्यसैले हाम्रो बारम्बार अनुरोध छ कृपया सकभर घरबाट ननिस्कनु, निस्कदा मास्क लगाईदिनुहोला । सावुनपानी वा स्यानिटाइजरले हात सफा गर्नुहोला,’ डा. गौतमले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *