भारतबाट आउनेको परीक्षण गर्दा थप २५ जनामा कोरोना पोजेटिभ

152
Shares

काठमाडौँ, २६ चैत । भारतबाट नेपाल छिर्ने नाकामा राखिएको हेल्थ डेस्कमा कोरोना परीक्षण गर्दा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गड्डा चौकी हेल्थ डेस्क कञ्चनपुरमा १६२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा पोजेटिभ भएको पाइएको छ । यस्तै कञ्चनपुरकै त्रिनगर हेल्थ डेस्कमा ३२९ जनाको परीक्षण गर्दा २३ जनाको पोजेटिभ देखिएको हो ।

यो संगै पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परीक्षण गर्दा पोजेटिभ हुनेको संख्या ३५७ जना पुगेको छ । यसअघि मन्त्रालयले पीसीआरबाट परीक्षण गर्दा पछिल्लो चौविस घण्टामा ३३२ जनामा कोभिड- १९ पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सिमा नाकामा गत ६ चैत देखि हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाइएको बताए ।

उनले त्यस यता अहिलेसम्म विभिन्न नाकामा गरी कुल २७२ जनामा कोभिड १९ पोजेटिभ केश आएको बताए । यस अवधीमा ६ हजार ९६४ जनाको टेष्ट भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *