कोभिड–१९ बाट विदेशमा थप चार नेपालीको मृत्यु


काठमाडौँ, २३ चैत । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

सङ्घका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको छ । उनका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म ५४ देशमा ६५ हजार २८७ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६२ हजार ६६३ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन सङ्घले अनुरोध गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *