मंगलबार नेपाल स्वास्थ्य सम्मेलन हुँदै

काठमाडौँ, २३ चैत । नेपालको समग्र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सहयोग पुर्‍याउने मुख्य उद्धेश्यका साथ मंगलबार राजधानीमा स्वास्थ्य सम्मेलन गरिदैछ । ‘नेपाल स्वास्थ्य सम्मेलन – २०२१’ नाम दिइएको उक्त सम्मेलन त्रिकाल प्रडक्सनको आयोजना र अमेरिकी राजदूतावासको युवा परिषदभित्र रहेको स्वास्थ्यकर्मीहरुको समूह सप्ताह आजीवनद्धारा गर्न लागिएको हो ।

सम्मलेन बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलमा त्रिकाल प्रडक्सनका प्रमुख विशाल घोषले स्वास्थ्य क्षेत्रमा देखिएका अवसर र चूनौतिलाई उजागर गर्दै यसमा परिवर्तन ल्याएर स्वस्थ जीवनका लागि हातेमालो गर्न यो सम्मेलनको आयोजना गरिएको बताए ।

उनले प्रत्येक व्यक्तिलाई स्वस्थ जीवन जिउन पाउने अधिकार हुँदाहुँदै पनि कतिपय अवस्थामा यो अधिकारको हनन भइरहेको कुरा मनन गर्दै यो सम्मेलनले स्वास्थ्यले विविध क्षेत्रमा पार्ने असर र प्रभावलाई एकीकृत गरी अझ राम्रो र स्वस्थ नेपालको पुन निर्माणमा योगदान पुर्याउने विश्वास लिएको जनाए ।

कार्यक्रम संयोजक प्रकृति ढकालले सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका जनस्वास्थ्य विज्ञहरुलाई एकै थलोमा ल्याएर स्वास्थ्य क्षेत्रले सामना गरिरहेका चुनौति तथा कमजोरी माथि छलफल गर्ने प्रयास गरिएको र यसले स्वास्थ्यको चेतना अभिवृद्धि गर्न मद्दत गर्ने विश्वास लिएको बताइन ।

सम्मेलनमा स्वास्थ्य साक्षरता सबैको एजेन्डा, कोभिड – १९ को महामारी र दिगो विकास लक्ष्य, स्वास्थ्य नीति, स्वस्थ नेपालका लागि मिडियाको भूमिका लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

सम्मेलनको नारा ‘आरोग्यादा : स्वस्थ जीवनका लागि सबैको साथ’ नाम दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *