‘नेसोग’को १५ औं अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

672
Shares

काठमाडौँ, २१ चैत ।  ‘नेपाल सोसाइटी अफ अब्स्टेट्रिस एण्ड गाइनोक्लोजी (नेसोग)’ को १५ औँ अन्तराष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ ।

कोभिड – १९ को महामारीकाबीच शुक्रबारबाट शुरु भएको उक्त सम्मेलनमा थोरैले कार्यक्रम स्थलमा उपस्थिति जनाएका थिए । तर अनलाइन माध्यमबाट स्वदेशी तथा विदेशी गरी ३५० जना भन्दा बढीले सहभागिता जनाएको अध्यक्ष डा. गणेश दंगालले बताए ।

‘कोभिड – १९ को महामारीमा मातृ तथा शिशु सवस्थ्य कामय राख्ने चुनौती’ शीर्षक दिइएको उक्त सम्मेलनमा ८० वटा बैज्ञानिक सोधपत्रहरु, विभिन्न सत्रहरु र १३ वटा पोस्टरहरु प्रस्तुत भएका थिए ।

सम्मेलनको उदघाटन सत्रमा बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा सरस्वति पाध्येले गरेकी थिइन । सोही कार्यक्रममा बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु डा भोला रिजाल र डा यमुना सुवाललाई लाइफ टाइम एजिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रम समापनका अवसरमा सम्मेलनमा सोधपत्र प्रस्तुतिकरणमा उत्कृष्ठ भएकाहरुलाई अवार्ड वितरण गरिएको थियो ।

सोही अवसरमा नव निर्वाचित टिमलाई कार्यभार हस्तान्तरण समेत गरिएको थियो । निवर्तमान अध्यक्ष डा हिरा तुलाधर (२०१९ – २०२१) ले नव निर्वाचित अध्यक्ष डा. गणेश दंगाललाई (२०२१ -२०२३) लाई पद हस्तान्तरण गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *