‘नेसोग’को १५ औं अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, २१ चैत ।  ‘नेपाल सोसाइटी अफ अब्स्टेट्रिस एण्ड गाइनोक्लोजी (नेसोग)’ को १५ औँ अन्तराष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ ।

कोभिड – १९ को महामारीकाबीच शुक्रबारबाट शुरु भएको उक्त सम्मेलनमा थोरैले कार्यक्रम स्थलमा उपस्थिति जनाएका थिए । तर अनलाइन माध्यमबाट स्वदेशी तथा विदेशी गरी ३५० जना भन्दा बढीले सहभागिता जनाएको अध्यक्ष डा. गणेश दंगालले बताए ।

‘कोभिड – १९ को महामारीमा मातृ तथा शिशु सवस्थ्य कामय राख्ने चुनौती’ शीर्षक दिइएको उक्त सम्मेलनमा ८० वटा बैज्ञानिक सोधपत्रहरु, विभिन्न सत्रहरु र १३ वटा पोस्टरहरु प्रस्तुत भएका थिए ।

सम्मेलनको उदघाटन सत्रमा बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा सरस्वति पाध्येले गरेकी थिइन । सोही कार्यक्रममा बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु डा भोला रिजाल र डा यमुना सुवाललाई लाइफ टाइम एजिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रम समापनका अवसरमा सम्मेलनमा सोधपत्र प्रस्तुतिकरणमा उत्कृष्ठ भएकाहरुलाई अवार्ड वितरण गरिएको थियो ।

सोही अवसरमा नव निर्वाचित टिमलाई कार्यभार हस्तान्तरण समेत गरिएको थियो । निवर्तमान अध्यक्ष डा हिरा तुलाधर (२०१९ – २०२१) ले नव निर्वाचित अध्यक्ष डा. गणेश दंगाललाई (२०२१ -२०२३) लाई पद हस्तान्तरण गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *