सरकारी अस्पताललाई स्वास्थ्यले भन्यो – ‘कोभिडका बिरामीको उपचार गर, विवरण पठाउ, सोधभर्ना लैजाउ’

काठमाडौँ, १८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको उपचार गर्ने संघीय, प्रादेशिक र आधारभूत अस्पताललाई पुनः सक्रिय हुन अनुरोध गरेको छ । उसले कोभिडका बिरामीहरुको निशुल्क उपचार गर्न, उपचार सम्वन्धी विवरण स्वास्थय सेवा विभाग अन्तरगर्तको एचएमआईएसमा पठाउन र भुक्तानीको सोधभर्ना लिन भनेको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज बसेको आइसीएस कमाण्डका पदाधिकारीहरुको बैठकले गरेका निर्णयहरु सुनाउने क्रममा संघीय प्रादेशिक र आधारभूत अस्पतालहरुलाई उपचार गर्न, विवरण पठाउन र सोधभर्ना रकम लैजाने गरी व्यवस्था मिलाइएको बताए । उनले कोभिड -१९ को लक्षण भएकाहरुको निशुल्क आररटी पीसीआर गर्न समेत अस्पतालहरुलाई निर्देशन दिइएको बताए । यस्तै काठमाडौँ प्रवेश गर्ने नाकाहरुमा यात्रुहरुको रेन्डमली एन्टीजेन टेष्ट गर्ने यसअघिकै निर्णयलाई थप प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउने निर्णय भएको समेत सुनाए ।

यसैगरी यसअघि नै विभिन्न अस्पतालहरुमा हाई डिेपेन्डेन्सी युनिट एचडीयु बेडका सन्दर्भमा के कति प्रगति भयो भनेर विवरण माग्ने, देशभरका पीसीआर जाँच गर्ने प्रयोगशालाहरुलाई तयारी अवस्थामा राख्ने, त्यसका लागि जनशक्ति आवश्यक परेमा थप गर्ने लगायतका विषयमा समेत निर्णय भएको सुनाए ।

उनले संक्रामक रोग ऐन अनुसार देशभरका जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुलाई भीडभाड हुने, सभा जुलुस गर्ने क्रियाकलाप बन्द गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरे ।

पछिल्लो समय भारत लगायतका थुप्रै देशहरुमा कोरोना संक्रमण फैलिएपछि त्यसको असर यता पर्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले थप सावधानीको तयारी गरेको डा गौतमले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *