नेपाल ल्याउने चिनियाँ खोप बेइजिङ आइपुग्यो, सोमबार काठमाडौँ आइपुग्ने

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीको ट्वीट बाट

काठमाडौँ, १४ चैत । चीन सरकारको अनुदान सहयोगमा नेपाल ल्याउने भनिएको आठ लाख डोज  कोरोनाबिरुद्धको खोप  बेइजिङ आइपुगेको छ । सो खोप सोमबार राती काठमाडौँ आईपुग्ने बताइएको छ । अनुदानको सो खोप लिन आइतबार (भोली) नेपाल बायुसेवा निगमको वाइडबडी ए – ३३० विमान बेइजिङ जाँदै छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले  नेपाल ल्याउन लागिएको खोप बेइजिङ आइपुगेको बताएकी छन् । उनले शनिबार अपरान्ह बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा लोड अनलोड गरिएको खोप सामग्रीको तस्बिर समेत ट्वीट गरेकी छन् । उनले छिट्टै नेपाललाई उक्त खोप हस्तान्तरण गरिने समेत उल्लेख गरेकी छन् ।

गत १ चैतको मन्त्रिपरिषदको बैठकले चीन सरकारले अनुदानमा दिन लागेको खोप स्वीकार गर्ने निर्णय गेको थियो ।

बायुसेवा निगममा सहप्रवक्ता सुलेश मिश्रका अनुसार निगमको वाइड बडी जहाज चैत १५ गते साँझ ५ः३० बजे काठमाडौँबाट बेजिङ प्रस्थान गर्नेछ भने भोलिपल्ट बेजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । सोही दिन राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ ।

गत २३ माघमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन सम्वादमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोनाबिरुद्धको खोप दिने घोषणा गरेका थिए । त्यसको केही समय पछि अनुदान दिने डोज संख्या बढाएर ८ लाख पुर्‍याईएको थियो ।

यता औषधि व्यवस्था विभागले ५ फागुनमा चिनियाँ कम्पनी साइनोफार्मले अन्तरगर्तको कम्पनीले बनाएको खोप ‘सार्स (कोभ २ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’ लाई आकस्मिक प्रयोग गर्न सकिने भन्दै ससर्त अनुमति दिएको थियो ।

यसअघि भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियामा उत्पादित कोभिडविरुद्धको खोप कोभिसिल्ड १० लाख डोज अनुदानमा उपलव्ध गराएको थियो । उक्त खोप भारतले आफ्नै खर्चमा काठमाडौँसम्म ल्याइदिएको थियो ।

चीनले उपलव्ध गराएको अनुदानको खोप लिन भने नेपाल सरकारले नै जहाज चार्टर गर्नु परेको हो । निगम स्रोतका अनुसार वाइडबडी जहाज बेइजिङ पुगेर खोप ल्याउनका लागि त्यसको भाडा मात्रै २ करोड १८ लाख १० हजार बढी खर्च हुने भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *