काठमाडौँमा घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य

काठमाडौँ, ११ चैत । कोरोनाको जोखिम कम भएको भन्दै हिजो आज काठमाडौँमा समेत मास्क नलगाई बजार निस्कनेको संख्या बढदो छ । तर अब भने त्यसरी मास्क नलगाई बजार निस्कन पाइने छैन् । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क नलगाई घरबाट बाहिर निस्कनेलाई संक्रामक ऐन २०२० अनुसार कार्वाही गर्ने बताएको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिएपछि काठमाडौँमा पुन मास्क तथा स्वास्थ्यका मापदण्ड लागु गर्नुपर्ने बताइएको हो ।

जिल्ला प्रशासन कार्यालयको आजको सूचनामा भिडभाड हुने स्थानमा नजान, सामाजिक दुरी कायम गर्न, आउँदो होली पर्व घर भित्रै मनाउन समेत भनिएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *