आज ३३९० जनाले कोरोना सम्वन्धि ‘स्क्रिनिङ’ गराई नेपाल छिरे

काठमाडौँ, ९ चैत । भारत सहित कतिपय मुलुकमा कोरोना महामारी तिब्र गतिमा फैलिन थालेपछि नेपालले थप सतर्कता अपनाउन थालेको छ । सोमबार मात्रै ​त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सहित विभिन्न १२ वटा स्थल नाकामा रहेका हेल्थ डेस्कबाट ३ हजार ३९० जनाले कोरोनाको स्क्रिनिङ गराई नेपाल प्रवेश गरेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले भारतसहित विभिन्न मुलुकमा बढ्दो क्रममा देखिएको कोभिड १९ संक्रमण रोक्नका लागि सिमाका हेल्थ डेस्कलाई थप सक्रीय बनाएको बताए । उनले सोमबार (आज) तातोपानी र रसुवा बाहेकका १२ वटा नाकामा रहेका हेल्थ डेस्कमा ३३९० जनाको स्क्रिनिङ गरिएको बताए ।

‘स्क्रीनिङमा कुन ठाँउबाट आएको ? ज्वरो रुघा खोकी जस्ता कोरोनाका लक्षण छ कि छैन ? भन्ने विवरण लिईन्छ । यस्तै क्वारेन्टिनमा रहनुपर्ने, अरु सतकर्ता सम्वन्धी जानकारी पनि दिईन्छ । जोखिम युक्त ठाँउबाट आएका र लक्षण मिलेकालाई एन्टीजेन टेष्ट समेत गरिन्छ,’ निर्देशक डा पौडेलले भने ।

गड्डाचौकी नाकाको हेल्थ डेस्कमा जाँच गर्दा एक जनामा भेटियो संक्रमण
ईडीसीडीका निर्देशक डा पौडेलका अनुसार सुदूरपश्चिमको गड्डाचौकीको हेल्थ डेस्कमा आइतबार विहान एन्टीजेनविधिबाट जाँच गर्दा भारतबाट आएका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

बैतडी घर भएका ती पुरुष भारतको अति प्रभावित महाराष्ट राज्यबाट आएको बताइएको छ । उनीसंगै आएका अरु पाँच जना पुरुषहरुलाई पनि निगरानीमा राखिएको बताइएको छ ।

‘नाकाको हेल्थ डेस्कले एक जना संक्रमित फेला पारयो र सहज रुपमा व्यवस्थापन भईसक्यो । अव यस्ता केशहरु फेरी पनि थपिनसक्छ । त्यसमा हामीले सबै नाकाका हेल्थ डेस्कमा स्वास्थ्यकर्मीहरुलाई सतर्क र सचेत गराएका छौँ,’ डा पौडेलले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *