भारतले बनाएको कोरोनाबिरुद्धको खोप ‘कोभ्याक्सिन’ले पनि पायो नेपालमा प्रयोग अनुमति

काठमाडौँ, ६ चैत ।  सरकारले भारतीय कम्पनी कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडबिरुद्धको खोप कोभ्याक्सिन लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।

औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा शुक्रबार औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि सो खोपलाई अनुमति दिएको हो । यो कम्पनीले धेरै अघि नै प्रयोगका लागि अनुमति मागेको थियो ।

‘आकस्मिक प्रयोगका लागि ‘ कोभ्याक्सिनले पनि अनुमति पाएको छ । कम्पनीले सबै प्रक्रिया पुरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा यो खोपलाई अनुमति दिएका हौँ,’ विभागका प्रवक्ता सन्तोष केसीले भने ।

यसअघि विभागले फागुनमा चिनिया कम्पनीले उत्पादन गरेको खोप भेरोसेल र सेरम इस्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप कोभिसिल्डलाई पनि आकस्मिक प्रयोगका लागि अनुमति दिएको थियो ।

नेपालमा अहिलेसम्म कोभिसिल्डको मात्रै प्रयोग भएको छ । तर खोप अभावका डेढ महिना अघि देखि शुरु गरिएको अभियान यतिवेला रोकिएको छ । सेरमले कोभिशिल्ड पठाउन नसक्दा अभियान रोकिएको हो ।

नयाँ खोपले अनुमति पाएपछि खोप अभावहुने समस्यामा कमि आउने विश्वास गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *