नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने सरकारको निर्णय

404
Shares

काठमाडौँ, ६ चैत । मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

शुक्रबार बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

जोशीलाई गत १४ फागुनमा मस्तिष्कघात भएको थियो । अहिले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *