स्वास्थ्य सेवा अन्तरगतका सात जना एघारौँ तहमा बढुवा सिफारिस

काठमाडौँ, ५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवा अन्तरगतका विभिन्न समूह, उपसमूहको अधिकृत एघारौँ तहमा सात जनालाई बढुवाको सिफारिस गर्ने निर्णय गरेको छ ।

बढुवामा पर्नेहरुमा गाईने अव्स तर्फका डा सुनिलमणि पोखरेल र डा राजेश अधिकारी, पहेए तर्फका प्रमुख जनस्वास्थ्य प्रशासकको रुपमा डा प्रकाशप्रसाद शाह, प्रमुख मेडिकल सुपरीटेन्डेन तर्फ डा रोशन न्यौपाने, डा पवनजंघ रायमाझी रहेका छन् ।

यस्तै हेल्थ इन्सपेक्सन समूह प्रमुख जनस्वास्थ्य प्रशासक तर्फ केशवराज पण्डित र विजयकुमार झा पनि एघारौँ तहमा बढुवाका लागि सिफारिस भएका छन् ।

समितिले जनरल नर्सिङ समूहबाट ४ जनालाई प्रमुख अस्पताल नर्सिङ प्रशासकको रुपमा बढुवा गर्ने भनिएपनि आवश्यक सेवा सर्त नपुगेका कारण सम्भाव्य उमेद्धार कायम हुन नसकेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *