काठमाडौँ उपत्यकामा ५३ सहित देशभर थपिए ९४ जना कोरोना संक्रमित


काठमाडौँ, ४ चैत । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ५३ सहित देशभर थप ९४ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ५५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २९, भक्तपुरमा ११ र ललितपुरमा १३ जना गरी उपत्यकामा ५३ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ७ सय ८१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ९४ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५ सय ५० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ९ सय ५४ रहेको छ । क्वारेनटिनमा ४९ जना रहेका छन् । गएको चौबिस घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *