कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था ‘क्रिटिकल’

काठमाडौँं, ४ चैत । मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचार गराईरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था ‘क्रिटिकल’ बनेको छ ।

उपचारमा सम्लग्न चिकित्सकहरुका अनुसार अहिले पनि उनको भेन्टिलेटरमा उपचार भईरहेको छ । केही सञ्चारमाध्यमहरुले भने गएराती नै उनको निधन भएको समाचार प्रकाशित गरेका थिए ।

उपचारमा सम्लग्न चिकित्सकले भने त्यो समाचारमा सत्यता नभएको बताएका छन् ।  ‘वहाँको अवस्था क्रिटिकल नै हो । तर हामीले अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौँ । अन्यथा भनेर बाहिर जो हल्ला आएको छ त्यसमा सत्यता छैन् । अहिले पनि उहाँको उपचार भईरहेको छ,’ जोशीको उपचारमा सम्लग्न बरिष्ठ न्युरो सर्जन डा राजिव झाले भने ।

जोशीको गत १४ फागुनमा मस्तिष्कघात भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *