स्वास्थ्य प्रत्यायन प्राधिकरण गठन प्रक्रियाको काम अघि बढाउँदै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ३ चैत । सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा उल्लेख भएको स्वास्थ्य प्रत्यायन प्राधिकरण गठन गर्ने प्रक्रियालाई तिब्रता दिएको छ । प्राधिकरण सम्वन्धी सैद्धान्तिक अवधारणा पत्र मन्त्रिपरिषदले स्वीकृत गरिसकेपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गठन प्रक्रियालाई तिव्रता दिएको हो ।

मन्त्रालयका कानून उपसचिव मानवहादुर बस्नेतका अनुसार अहिले विज्ञ टोलीले प्राधिकरण स्थापना तथा सञ्चालनका सम्वन्धी कार्यविधि तथा ऐनका लागि मस्यौदा तयार गर्ने कार्य गरिरहेको छ । ‘अहिले हामी ऐनको मस्यौदा बनाउने कार्यमा जुटिरहेका छौँ । सम्भवत १५ २० दिनमा यो कार्य सकिन्छ होला । त्यसपछि प्राधिकरणको एउटा स्वरुप देखा पर्छ,’ बस्नेतले भने ।

नीति तथा कार्यक्रममा आएपछि गत असारको अन्तिमतिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्यायन प्राधिकरण गठन गर्ने प्रक्रिया अघि बढाएको भन्दै अवधारणापत्र तयार गर्नका लागि भन्दै विज्ञहरुसंग सुझाव मागेको थियो ।

प्राधिकरणले स्वास्थ्य संस्थाको स्तरीकरण, स्वास्थ्य सेवाको बर्गीकरण, सोही अनुसार सेवाको सुनिश्चितता गर्ने र शुल्क निर्धारण गर्ने लगायतका कार्यहरुलाई व्यवस्थित ढंगले अघि बढाउने कार्य गर्ने बताइएको छ ।

अहिलेसम्म स्वास्थ्य संस्थाको स्तरीकरण, सेवाको बर्गिकरण गर्ने, सेवाको सुनिश्चितता गर्ने लगायतका कामहरु गर्ने छुट्टै कुनै निकाय छैन् । प्राधिकरण आईसकेपछि यी सबै कामहरु सहज ढंगले अघि बढने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *