काठमाडौँ उपत्यकामा ४१ सहित देशभर थपिए ७९ जना कोरोना संक्रमित
काठमाडौँ, २ चैत । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ४१ सहित देशभर थप ७९ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ७५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २७, भक्तपुरमा ४ र ललितपुरमा १० जना गरी उपत्यकामा ४१ जना थपिएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३ सय ११ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ७९ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ४ सय १ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८ सय ९५ रहेको छ । क्वारेनटिनमा ४४ जना रहेका छन् । गएको चौबिस घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]