देशभर थपिए ६० जना कोरोना संक्रमित, ७२ जना डिस्चार्ज
काठमाडौँ, २९ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ६० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ७२ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ३६२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ६० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार १७८ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार २४९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ । क्वारेनटिनमा ४९ जना रहेका छन् । गएको चौबिस घण्टामा थप दुई जना संक्रमितको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com