एघारौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता आज हुँदै

16
Shares

काठमाडौँ, २७ फागुन । आज एघारौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता हुँदैछ । विश्व मिर्गौला दिवसको अवसरमा स्वास्थ्य अभियान नेपालले आज प्रत्यारोपण खेलकुद प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित एन्फा फुटबल ग्राउन्डमा हुने बताइएको छ ।

प्रतियोगितामा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु, अंगदाताहरु, चिकित्सक, कलाकार, पत्रकार तथा अन्य विशिष्ठ व्यक्तिहरु खेल खेल्नेछन्।

मिर्गौला प्रत्यारोपित व्यक्तिहरु पनि स्वस्थ व्यक्ति सरह जीवन यापन गर्न सक्छन् भन्ने सन्देश दिन विगत ११ वर्षदेखि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै आएको छ ।

दिवसकै अवसर पारी अभियानले निशुल्क मिर्गौला परीक्षण र अंगदाताका परिवारलाई सम्मान गर्ने कार्यक्रम समेत अघि सारेको छ । शिविर विहान साढे सात बजे देखि सञ्चालन हुँदैछ ।

यसपटकको विश्व मिर्गौला दिवस ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔँ’ भन्ने नाराका साथ मनाउन लागिएको छ । यो दिवस हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मनाउँदै आइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *