देशभर थपिए १०७ जना कोरोना संक्रमित, ७८ जना संक्रमणमुक्त

- नेपाली हेल्थ


काठमाडौँ, २० फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ७८ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ५ सय ३६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय ७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७ सय ९५ रहेको छ । क्वारेनटिनमा ५७ जना रहेका छन् । गएको चौबिस घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।


Facebook Comment


थप समाचार