काठमाडौँ उपत्यकामा ५६ सहित देशभर थपिए ८७ जना कोरोना संक्रमित

काठमाडौँ, १९ फागुन । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ५६ सहित देशभर थप ८७  जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ६२ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३ सय ९९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ८७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ३ सय ३७ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६ सय ५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७ सय ६६ रहेको छ । क्वारेनटिनमा ५८ जना रहेका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १०  पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *