सांसदहरुले आजबाट कोरोनाविरुद्धको खोप लगाउँदै

116
Shares


काठमाडौँ, १९ फागुन । आज सांसदहरुले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाउँदै छन् । संसद सचिवालयले आज (बुधबार) बाट संघीय संसदका दुबै सदनका सांसदहरुलाई कोभिड १९ बिरुद्धको खोप लगाउने व्यवस्था मिलाएको हो ।

सचिवालयमा कार्यरत सबै कर्मचारी, संसद भवन नयाँ बानेश्वरमा कार्यरत कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय मामिला हेर्ने पत्रकार र त्यससंग सम्वन्धीत सवारी चालक, सांसद तथा मन्त्रीका अंगरक्षकसहित लगायत खोप लगाउने छन् ।

खोप बुधबार देखि तीन दिन ( १९, २० र २१ फागुन) का दिन विहान १० देखि अपरान्ह ४ बजेसम्म निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा लगाउने व्यवस्था मिलाइएको छ ।

सरकारले आगामी २३ फागुन देखि ५५ बर्ष माथिका व्यक्तिलाई खोप दिने योजना अघि सारेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *