सप्तरी : स्वास्थ्य स्वयंमसेविकालाई साइकल वितरण

288
Shares


सप्तरी, १८ फागुन । स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिन र सेवा गर्न सजिलोको लागि सप्तरीको कञ्चनरुपमा साइकल वितरण गरिएको छ ।

कञ्चनरुप नगरपालिका–८ द्वारा नौ महिला स्वयमसेविकालाई साइकल वितरण गरिएको हो । विभिन्न स्वास्थ्यसम्बन्धी कार्य गर्दा सूचना र सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको वडाध्यक्ष राजकुमार साहले बताए ।

महिला स्वास्थ्य स्वयमंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पु¥याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट साइकल वितरण गरिएको वडाध्यक्ष साहले जानकारी दिए । स्वास्थ्य क्षेत्रको विकास र सुधार नभएसम्म मानव जीवनमा विभिन्न खाले समस्या आउने हुँदा स्वास्थ्य क्षेत्रलाई सबै मिलेर प्रभावकारी बनाउनुपर्ने नगर प्रमुख वसन्त मिश्रले बताए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *