स्पार्क हेल्थ होम २९ औँ बर्षमा प्रवेश

काठमाडौँ, ११ फागुन । कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पताल २९ औं बर्षमा प्रवेश गरेको छ । । मंगलबार अस्पतालले एक कार्यक्रम गरी २९ औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले कोरोना महामारी जस्तो विसम परिस्थितिमा पनि अस्पतालले निरन्तर सेवा उपल्वध गराएको बताए । ‘एकदमै प्रतिकुल अवस्था हुँदा बीचमा केही दिन मात्रै सेवा रोकियो नत्र हामी निरन्तर सेवामा खटिई रहयौँ,’ उनले भने ।

अस्पतालका मेडिकल डाइरेक्टर डा सुनिल पौडेलले पछिल्लो समय प्राकृतिक चिकित्साको महत्व अझै बढेको भन्दै सेवा लिन आउनेको पनि संख्यामा उल्लेख्य वृद्धि भएको जनाए । उनले मानिसहरुको जीवनशैली र खानपानमा आएको परिवर्तनका कारण दीर्घ रोग बढेको र यसले निम्त्याउने जटिलतालाई प्राकृतिक चिकित्सा तथा फिजियोथेरापी महत्वपूर्ण हुने समेत जिकीर गरे । उनले कतिपय बिरामीहरु एलोपेथिक चिकित्सकले निको हुँदैन भनेर पठाएकोमा आफुहरुले प्राकतिक चिकित्सा , फिजियोथेरपी, योग लगायतको पद्धतीबाट निको बनाएको जिकीर गरे ।

कार्यक्रममा अस्पतालका निर्देशक रुपेश अधिकारीले स्पार्क अस्पताललाई यहाँ सम्म ल्याउन र यसको शाखा र सेवा विस्तार गर्न बिरामीको विश्वास र कर्मचारीको मिहिनेत परेको बताएका थिए । उनले प्राकृतिक चिकित्साको बारेमा जनमानसमा सही सूचना पुराएर जनचेतना फैलाउन सञ्चारकर्मीहरुको पनि ठूलो योगदान रहेको जिकीर गरे ।

यसैगरी हरेक वर्ष प्रदान गर्दै आएको ‘इम्प्लोइ अफ द इअर’ को अवार्ड अस्पतालकी रिसेप्सनिस्ट झुमा बलामीलाई प्रदान गरिएको थियो ।

यसैबीच अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य पत्रकार मञ्च नेपालको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै सम्मान गरेको छ ।  स्वास्थ्य क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संस्थाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई अस्पतालमा बोलाई सम्मान गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *