चौविस घण्टामा देशभर थपिए ११० जना कोरोना संक्रमित, ४ जनाको मृत्यु


काठमाडौँ, ११ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय १० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधिमा थप ४ जना संक्रमितको मृत्यु भएको छ । भने देशभरबाट थप १ सय २ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार २ सय १८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय १० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएकोे छ ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा थप ५३ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३३ रहेको छ । क्वारेनटिनमा ६५ जना रहेका छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ४६ र भेन्टीलेटरमा १२ जना उपचाररत छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *