चौविस घण्टामा देशभर थपिए ११० जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

144
Shares


काठमाडौँ, ११ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय १० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधिमा थप ४ जना संक्रमितको मृत्यु भएको छ । भने देशभरबाट थप १ सय २ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार २ सय १८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय १० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएकोे छ ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा थप ५३ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३३ रहेको छ । क्वारेनटिनमा ६५ जना रहेका छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ४६ र भेन्टीलेटरमा १२ जना उपचाररत छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *