कोभिड-१९ बिरुद्धको खोप : दोस्रो मात्रा ८ हप्ता पछि दिईंदै

1.5k
Shares

काठमाडौँ, १० फागुन । कोभिड – १९ बिरुद्धको खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले दोस्रो मात्रा ८ हप्ता पछि पाउने भएका छन् । यसअघि कोभिड -१९ बिरुद्धको खोपको पहिलो र दोस्रो मात्राको अन्तर ४ हप्ता तोकिएको थियो ।

खोप सल्लाहकार समितिले हालै गरेको सिफारिसको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुरानो निर्णय संसोधन गरेको हो । त्यसअघि सल्लाहकार समितिलाई कोभिड १९ विज्ञ समितिले पहिलो खोप लगाएको ८ हप्ता पछि १२ हप्ता भित्र दोस्रो मात्रा खोप दिनु राम्रो हुने भन्दै सुझाव दिएको थियो ।

विज्ञ सल्लाहकार समितिका संयोजक डा श्याम राज उप्रेतीले डव्लुएचओको सिफारिसको आधारमा आफूहरुले पनि खोप सल्लाहकार समितिलाई पुरानो निर्णय सच्याउन अनुरोध गरेको भन्दै सोही अनुसार मन्त्रालयमा सो प्रस्ताव गएर सच्चिएको आफूले जानकारी पाएको बताए ।

‘यो पहिलो डोज र दोस्रो डोज खोपको अन्तर जति बढाए त्यति राम्रो हुँदो रहेछ । त्यसैले हामीले दोस्रो डोज ८ देखि १२ हप्ता भित्र लगाउन भन्यौँ । सरकारले सोही निर्णय गरेछ । यो राम्रो निर्णय भयो,’उनले भने ।

गत माघ १४ गतेदेखि नेपालमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन भएको हो। मन्त्रालयका अनुसार आइतबारसम्म देशभर ४ लाख १५ हजार व्यक्तिले पहिलो मात्रा खोप लगाइसकेका छन्।

हालसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सरकारी कार्यालयका कर्मचारी, पत्रकार, स्थानीय निर्वाचित जनप्रतिनिधि, कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सीका कर्मचारीले खोप पाइसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *