चौविस घण्टामा देशभर थपिए १२५ जना कोरोना संक्रमित, ९० जना संक्रमणमुक्त
काठमाडौँ, १० फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय २५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधिमा देशभरबाट थप ९० जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ६ सय ८१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय २५ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएकोे छ ।
त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा थप ५२ जना थपिएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय २९ रहेको छ । क्वारेनटिनमा ६६ जना रहेका छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ४३ र भेन्टीलेटरमा ११ जना उपचाररत छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]