धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु


काठमाडौँ, १० फागुन । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि फागुन ३ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको र आज बिहान संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *