धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु

192
Shares


काठमाडौँ, १० फागुन । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि फागुन ३ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको र आज बिहान संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *