चौविस घण्टामा देशभर थपिए ८० जना कोरोना संक्रमित, १२१ जना संक्रमणमुक्त


काठमाडौँ, ९ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ८० जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधिमा देशभरबाट थप १ सय २१ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३ सय २५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा जनाकारी गराए ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा थप ४९ जना थपिएका छन् । जसमध्ये काठमाडौँमा ३६ ललितपुरमा ११ र भक्तपुरमा २ जना छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९४ रहेको छ । क्वारेनटिनमा ६८ जना रहेका छन् । गएको चौबिस घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *