पूर्वप्रधानमन्त्री भट्टराईलाई ट्युमर भएको आशंका, उपचारका लागि आज दिल्ली जाँदै

328
Shares

काठमाडौँ, ९ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि आज नयाँदिल्ली जाँदै छन् । उनी विहान ११ बजेर २० मिनेटमा नेपाल वायुसेवाको विमानबाट  भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन् ।

उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले लामो समयदेखि  निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुने बताइएको छ । ।

भट्टराईसँगै उनकी पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन्। उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *