देशभर थपिए ९६ जना कोरोना संक्रमित, १११ जना संक्रमणमुक्त


काठमाडौँ, ६ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ९६जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । जसमा महिला ४२ र पुरुष ५४ जना रहेका छन् । यही अवधीमा देशभरबाट थप १ सय ११ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा ४२ जना थपिएका छन् । जसमा १६ जना महिला र २६ जना पुरुष रहेका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय ४१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९६ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

नेपालमा हालसम्म कुल २१ लाख ३१ हजार ३ सय ३० जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । जसमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३ रहेको छ । क्वारेनटिनमा ७१ जना रहेका छन् । त्यसैगरी आइसीयूमा ६१ र भेन्टीलेटरमा १३ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यी सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *