पत्रकार समृद्धा केसीलाई २० हजार राशीको राधा क्यान्सर सचेतना पुरस्कार

काठमाडौँ, ६ फागुन । यसबर्षको “राधा क्यान्सर सचेतना तथा हिंसाबिरुद्धको पत्रकारिता पुरस्कार” पत्रकार समृद्धा केसीलाई प्रदान गरिने भएको छ । स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

राधा क्यान्सर सचेतना फाउन्डेशनको बिहीवार सम्पन्न बैठकले  पत्रकार केसीलाई पुरस्कार दिने निर्णय हो ।

पत्रकार केसी महिला स्वास्थ्य डटकममा आवद्ध छिन् ।

फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले पुरस्कार वितरण कार्यक्रम आगामी ९ फागुन आइतबार हुन लागेको जानकारी दिए ।

‘पुरस्कार यहि फागुन ९ गते आइतबार बिहान ७ बजे कावासोती सिमलघारीस्थित बस्याल निवासमा विश्व प्रेस काउन्सिलका महासचिव एवं प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको प्रमुख आतिथ्यतामा वितरण गरिने छ, उनले भने ।

विसं २०४८ मा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो ।

एक दशक भन्दा लामो समय देखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जिवन पछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सर सँग लडनु परेको थियो ।  त्यसपछि उनले समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन ।

फाउन्डेशनले यसबर्ष देखि पत्रकारिता पुरस्कार प्रदान गर्न २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी क्यान्सर र महिला हिंसा सम्वन्धी उत्कृष्ठ समाचार लेखेका पत्रकारलाई हरेक बर्ष नगद रु २० हजार रुपैयाँबाट पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

राधाको निधन पश्चात फाउन्डेसनलाई उनका भाई प्रकाश बस्यालले अगाडी बढाई राखेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *